Breaking News

मालपोत अधिकृत सरुवा गराउन मन्त्रालय आएका व्यक्तिको कुरा नमान्दा मेरो चरित्र हत्या गरियोः मन्त्री अधिकारी

Banner

काठमाडौं,साउन १-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस लिएको भन्दै अडिओ सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडिओ क्लिप बाहिरिएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कास्कीको मालपोत अधिकृतको सरुवाका लागि केही व्यक्ति मन्त्रालयमा आएको र आफूले त्यसलाई नमान्दा अहिले अडिओ सार्वजनिक गरेर चरित्र हत्या गरिएको दाबी गरे।

‘यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो,’ मन्त्री अधिकारीले भने, ‘आफ्नो अभिष्ट पुरा गर्न खोजेका व्यक्तिहरुले त्यो पुरा गर्न मालपोत अधिकृतलाई सरुवा गराउन मन्त्रालय आएका थिए। मैले हुन्न भनेपछि यी कुरा आए।’ उनले आफू छानबिनका लागि खुला भएको समेत उल्लेख गरे। ‘म छानबिन गर्ने कुरामा खुला छु किनभने म संलग्न छैन। बोलेकै छैन, चिनेकै छैन,’ मन्त्री अधिकारीले भने।

मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा भनेः

मसँग केही जोडिएर अडिओ सार्वजनिक भएको छ। उक्त अडिओसँग जोडिएका व्यक्तिहरू मन्त्रालय र मसँग जोडिएका हुन् कि होइनन् पहिले पहिचान गर्नुपर्‍यो। यो अडिओमा बोल्ने व्यक्तिहरु हामीसँग सरोकार राख्नेहरू छैनन्।

मैले त्यो अडिओमा बोलेको छ कि छैन् भन्ने तपाईंहरु प्रष्ट सुन्न सक्नुहुन्छ। सरुवा गर्ने कुरा मन्त्रालयको नियमित प्रक्रिया अन्तर्गत पर्दछ।

पोखराको मालपोत अधिकृतका कुरा पनि आएका छन्। नियमन गर्ने कुरामा अधिकृतहरुलाई सार्ने कुरा हुन्छ।

मेरो छोरालाई पनि त्यहाँ जोड्ने काम भएको रहेछ। यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो। आफ्नो अभिष्ट पुरा गर्न खोजेका व्यक्तिहरुले त्यो पुरा गर्न मालपोत अधिकृतलाई सरुवा गराउन मन्त्रालय आएका थिए। मैले हुन्न भनेपछि यी कुरा आए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>