चितवन विशेष

सञ्जीवनी लोकसेवा केन्द्रले जन्मायो शाखा अधिकृत, केन्द्रले गर्‍यो सम्मान

Banner

चितवन, असार ३२-
चितवनको भरतपुरस्थित सञ्जीवनी लोकसेवा केन्द्रले आफ्नो केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
भरतपुर-१० सप्तगण्डकी चोकमा रहेको सञ्जीवनी लोकसेवा केन्द्रको सभाहालमा सम्पन्न बधाई कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथिका रुपमा रहनुभएको थियो।
सञ्जीवनी लोकसेवा केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्न सफल जनार्दन शर्मा तथा रेशम रेग्मीलाई नेपाली ढाका टोपी, दोसल्ला तथा मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गरिएको थियो। त्यसैगरी संघीय खरिदारमा नाम निकाल्न सफल अन्य दुई व्यक्तित्वहरूलाई समेत बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको संस्थाका प्रतिनिधि संजय सापकोटाले बताउनुभयो। छोटो समयमा नै धेरै युवाहरूलाई सरकारी सेवामा प्रवेश गराउन सफल सञ्जीवनी लोकसेवा केन्द्रले शिक्षक सेवा आयोगतर्फ १०० बढी विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गराइसकेको छ।
उक्त कार्यक्रममा खैरहनी नगरपालिकाका प्रशासकीय प्रमुख विष्णु प्रभा सापकोटा विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो। ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने प्रदेश युवा परिषद् जिल्ला कार्यसमिति चितवनका अध्यक्ष रामचन्द्र लम्साल, युवा अगुवा प्रविन देवकोटा, पुस्तक व्यवसायी खडानन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
मेहनतको जगमा युवाहरूलाई जगाउँदै सरकारी सेवामा प्रवेश गराउन सञ्जीवनी लोकसेवा केन्द्र सफल रहेकोमा प्रमुख अतिथि अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो। सरकारी सेवामा प्रवेश गर्नु मात्र नभई सधैंभरि मेहनत र लगावका साथ जनसेवामा समर्पित हुनु र निष्कलङ्कित भई अवकाश हुनु वास्तविक रूपमा सफलता भएको सञ्जीवनी लोकसेवा केन्द्रका प्रशिक्षक एवं कार्यक्रमका विशिष्ट अतिथि विष्णु प्रवाह सापकोटाले बताउनुभयो । सरकारी सेवा प्रवेशका लागि मात्र मेहनत नभई सेवा अवधिभर मेहनत गर्नुपर्ने उहाँको जिकिर थियो। सरस्वती अधिकारीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम विपिन पाठकले सञ्चालन गर्नुभएको थियो। लोकसेवा तयारी गरिरहेका ५० बढी विद्यार्थीहरूको बीचमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>