Breaking News

तनाव कति सहने भनेर राजीनामा दिएँ, ममाथि छानबिन होस्- राजकुमार गुप्ता

Banner

काठमाडौं, असार ३१-

घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको बताएका छन् । उनले आफूमाथि छानबिन गर्न पनि आग्रह गरे ।  मंगलवार बिहान राजीनामा दिएलगत्तै संचारकर्मीसंग कुरागर्दै गुप्ताले ३ दिनदेखिको तनावका कारण राजीनामा दिएको बताएका हुन् ।

‘राजनीतिक यात्रा लामो छ, भर्खर म ५३ वर्षको भएँ । अहिले केन्द्रीय कमिटी सदस्य छु, पार्टीमा अझ राजनीति गर्न बाँकी छ,’ गुप्ताले भने, ‘यसबीचमा मेरोबारे तथानाम आरोप लागेपछि तनाव सहन नसकेर राजीनामा दिएको हुँ ।’ गुप्ताले आफूले कसैसँग घुस नलिएको दाबीसहित छानबिनका लागि आग्रह गरेका छन् । ‘मलाई कसले घुस दियो थाहा छैन, राज्यका सम्बन्धित निकायले छानबिन गरोस् र यथार्थ बाहिर ल्याओस्,’ गुप्ताले भने, ‘दोषी देखिए कारबाहीका लागि तयार छु ।’

गुप्ताले आफूले राम्रो काम गरिरहेको बेला कसैलाई चित्त नबुझेर षड्यन्त्र गरेको हुनसक्ने दाबी गरे । ‘मलाइ धेरै तनाव भयो, यो तनाव कति सहनु भनेर राजीनामा दिए’ उनले  भने । गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नभई स्वेच्छाले राजीनामा दिएको बताए । ‘बालुवाटार गएको थिएँ, प्रधानमन्त्रीसँग भेट हुन सकेन । उहाँको स्वकीय सचिवलाई राजीनामा बुझाएर बाहिरिएँ,’ गुप्ताले भने ।

गुप्ता २०८१ असार ३१ गते सामान्य प्रशासन मन्त्री बनेका थिए । पर्सा ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित गुप्तालाई एमालेले मन्त्री बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>