मनोरञ्जन
कमेडीको राजा बन्दै सुन्दर खनाल

काठमाडौं, असार ३० –
कमेडी दरबारको पछिल्लो श्रृङ्खलामा कमेडियन सुन्दर खनालले धेरैजसो दर्शकहरूलाई भावुक बनाएका छन् । धेरै जनाअन्य कमेडियन तथा कलाकारहरुले पनि उनको प्रस्तुति सेयर गर्दै अभिनयको प्रशंसा गरिरहेका छन् । सुन्दर खनाल र मिस पविले देशको वर्तमान अवस्था अर्थात् विदेशमा भएका छोराछोरीको फोन कुरेर नेपालमा बसिरहेका वृद्ध बाआमाको भूमिका निर्वाह गरेका थिए उनले डाइलगमा भनेका थिए छोराछोरीले जन्मिने बित्तिकै रोएरै सुत्न दिँदैनन् र बुडेस्कालमा रुवाएर सुत्न दिदैनन् ।

घरमा सहारा खोज्दै बसेका बाबुआमा र उमेरमै परदेशिएका छोराछोरीको व्यथा उनीहरुले यही पीडा भाव सहित अभिनय गर्दा सबैको मन छोएको थियो। कमेडी दरबार हँसाउने सो हो तर त्यो सोमा धेरैजसो दर्शकहरु भावुक र धेरैका आँखाबाट आँसु झरेको थियो ।

खनाल र पबिले गरेको बुबा आमको एक्टिङले सबै दर्शकहरूको मन छोएको छ । सोहि अभिनय बाट यतिबेला सुन्दर खनाल निकै चर्चामा आएका छन्। साथै उक्त कमेडीमा गाइएको गीत केही दिनपछि सुन्दर खनालले नै निकाल्ने बताएका छन्। यस भन्दा अघि पनि खनाल बिभिन्न व्यक्तिको क्यारिकेचर गर्दै आएका छन् । पछिल्लो समयमा कमेडी दरबार लोकप्रीय बन्दै गएको छ ।

























