Breaking News

कांग्रेससँगको सहकार्य चुनावसम्मै जान्छ, ढुक्कले अघि बढ्नुस्ः ओली

Banner

झापा, असार २८-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य आगामी चुनावसम्मै जारी रहने दोहोर्‍याएका छन् । शनिबार भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेससँग भएको सहमतिबमोजिम सभापति शेरबहादुर देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गर्ने बताए ।

‘आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छ’, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा प्रधानमन्त्री ओलीले कन्काई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरे ।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी पनि दिए । प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>