चितवन विशेष
प्रधानमन्त्री विरुद्ध अफबाह फैलाउने मेयर दाहालका किचेन पात्र हुनः अध्यक्ष कमल पाठक
०

भरतपुर,असार २४-
नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठकले भरतपुर महानगर पालिका प्रमुख रेनु दाहालको ढाल बनेर प्रधानमन्त्रीको बद्नाम गर्न खोजिएको आरोप लगाउनुभएको छ । मंगलबार फेसबुक स्टाटस लेख्दै अध्यक्ष पाठकले प्रधानमन्त्री बिरुद्ध अफबाह फैलाउने मेयर दाहालका किचेन पात्र भएका बताउनुभयो ।
उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ, ‘चितवनवासीलाई थाहा छ नि, जसले रेनु दाहालको ढाल बनेर उनको पक्षमा लेखेर प्रमको नाममा देशकै बदनाम गर्दा चिलाएको ठाउँमा कन्याइदिएको जस्तो आनन्द मान्नेहरु अहिले बिषय बिबादमा तानिएपछि मेरो सचिवालयबाट फेक समाचार बाहिरिएको प्रमाणित गर्न चुनौती छ भनेर लेख्नु पुरै लबस्तरो राजनीति हो ।’ उहाँले जनतालाई नझुक्याउन चेतावनी दिँदै लेण्डुप शैलीको झुट्टा राजनीति टिक्न एमाले मरेको छैन,भन्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























