Breaking News

सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

Banner

चितवन, असार २३-

नेपाल पत्रकार महासंघ चितवनले सबै सञ्चारमाध्यम तथा पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालना गरेर  जिम्मेवार र मर्यादित पत्रकारितामा अघि बढ्न आह्वान गरेको छ । पछिल्ला दिनमा पत्रकार आचारसंहिता विपरीत केही सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण भएको भन्दै पत्रकार महासंघमा मौखिक गुनासो आउन थालेको भन्दै महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आह्वान गरेको हो ।

‘पछिल्ला दिनमा आचारसंहिता विपरीत भएका गतिविधिहरुको विषयमा पत्रकार महासंघ जिल्ला शाखामा मौखिक गुनासोहरु आउन थालेका छन् । तसर्थ पत्रकार तथा सम्बद्ध संस्थाहरुलाई पत्रकार आचारसंहिताको पुनः स्मरण गराउँदै कुनै गुनासो भएमा पत्रकार महासंघ चितवन शाखाको उजुरी पेटिका वा इमेलमा उजुरी गर्न सम्बन्धित सबैमा आह्वान गर्दछौँ’–पत्रकार महासंघ चितवन शाखाका सचिव राजेश घिमिरेले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घिमिरेले विज्ञप्ती मार्फत चितवनमा आचारसंहिताविपरीत पत्रकारिता अभ्यास भएका विषयमा मौखिक गुनासोहरू आइरहेको अवस्थामा, शाखाले थप सबल र सक्रिय जिम्मेवारीवोधका साथ आचारसंहिता कार्यान्वयन गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका छन् । प्रेस काउन्सिल ऐन, २०४८ (दफा ७(ख)९ख) र नेपाल पत्रकार महासंघको सहमतिमा जारी पत्रकार आचारसंहितालाई पालना गर्न सबै सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरिएको छ ।

प्रेस काउन्सिल ऐनले पत्रकारिता पेशालाई उच्च–पेशागत, मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन आवश्यक कानुनी आधार प्रदान गरेकोमा केन्द्रित गरी आचारसंहिताले पत्रकार र सञ्चार माध्यमहरूले पालन गर्नुपर्ने कर्तव्य र निषेधहरू स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>