चितवन विशेष
भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु
०

भरतपुर,असार २२-
चितवनको भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार साँझ ७ बजेको समयमा भरतपुर महानगरपालिका ९ शरदपुरस्थित शरदकृष्ण टोल बस्ने ६४ वर्षकी राधिका बिक आफ्नो घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङकीको ढकनी फुट्दा खसेकी थिइन ।
सो क्रममा उनकी छोरीले देखेपछि अरुलाई खबर गरेको र उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























