Breaking News

०८४ लाई क्रान्तिको नयाँ चरणका रूपमा लिएका छौँः प्रचण्ड

Banner

काठमाडौं, असार २१-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणका रूपमा लिएको बताएका छन् । शनिबार ९असार २१० पेरिसडाँडामा पार्टीको पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउने उनले जिकिर गरे । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनले बताए ।

‘जनयुद्ध’ताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीतसंगीत र नृत्यले बढी भूमिका खेलेको उनले उल्लेख गरे । आउँदो निर्वाचनको लडाइँमा पनि गीतसंगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने उनले बताए ।

“आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ,” उनले भने, “मलाई विश्वास छ, कमरेडको रूपमा तपाईंहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।”

अध्यक्ष प्रचण्डले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>