Breaking News

‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह

Banner

काठमाडौं, असार १७

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धमा समितिको निर्णय तोडमोड भएका सम्बन्धमा छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले समितिले पारित गरेको विधेयकको व्यवस्था संसद्मा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताए। सभापति खतिवडाले ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई अनुरोधसमेत गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>