Breaking News
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
०

चितवन, असार १२-
सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो ।
कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।
तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने र पन्छाउने काम भएको थियो ।
तस्बिरः सडक डिभिजन कार्यालय भरतपुर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















