Breaking News

सरकारसँग लचिलो त भइयो, तर कता कता चिन्ता लागेको छः प्रचण्ड

Banner

काठमाडौं, असार ११-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयकहरू समितिबाट पारित हुने विधेयकहरू सरकारले सदनबाट पारित गर्न ढिला गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले समितिबाट पारित गरिसकेका विधेयकलाई अनावश्यक रूपमा ढिलाइ हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

उनले प्रहरी विधेयकसँगै संघीय निजामती ऐन, विद्यालय शिक्षा विधेयकहरू पनि महत्वपूर्ण रहेको बताए।

‘सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि महत्वपूर्ण संघीय निजामति ऐन, विद्यालय शिक्षा विधेयक भनेको लगायत पारित गरौं। तर कता कता चिन्ता भएको छ। यत्तिकै टारिने त होइन भनेर चिन्ता भएको छ। सरकारको ध्यानाकर्षण त गराइराखेको छु। छेडाखानी नगरियोस्। डिले नगरियोस्,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>