बलिउड/हलिउड

एकदेव लिम्बुले नेहा कक्करसँग मिलेर हिन्दी गीत ‘झिम झिम’ ल्याउँदै

Banner

काठमाडौं, असार १०-

नेपाली गायक एकदेव लिम्बुको विश्वचर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा रिलिज हुने भएको छ ।

गीतको हिन्दी संस्करण ‘झिम झिम’ आउने जानकारी उनले दिएका छन् ।

रोचक के छ भने, हिन्दी गीतको गायनमा उनले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्ने भएका छन् ।

गीतको भिडियो प्लेडीएम अफिसियल युट्युब च्यानलबाट रिलिज हुने एकदेवले बताएका छन् । हिन्दी गीतको कम्पोज चाहिँ रजत नागपालले गरेका छन् । गीतको टिजर बुधबार आउनेछ ।

गीतको हिन्दी संस्करण जुन २७ मा रिलिज हुनेछ । ‘यो क्षण मेरो करिअरको सबैभन्दा ठूलो कोशेढुंगा हुनेछ’ एकदेवले लेखेका छन् ।

लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको थियो । विभिन्न देशको युट्युब ट्रेन्डिङमा पनि यी गीत परिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>