Breaking News
रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक
०

काठमाडौं,असार ६-
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथिको छानबिनको माग राख्दै सदन अवरोधको कार्यक्रम निरन्तर जारी राखेपछि सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम स्थगित भएको सुनाए।
लगत्तै दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट बाहिरिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























