चितवन विशेष

पहिरोमा फसेकी बृद्धालाई बोकेर एम्बुलेन्ससम्म पुर्‍याएपछि चितवनका इनिस्पेक्टरको प्रशंसा

Banner

चितवन असार ४-

चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहको एक साहसिक कार्यले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । पहिरोमा फसेकी अशक्त वृद्धालाई बोकेर उद्दार गरेको तस्बिर र भिडियोले सामाजिक सञ्चालमा चौतर्फी चर्चा पाएको हो ।

उनी एक अशक्त वृद्धालाई पहिरोमा फसेपछि आफ्नो काँधमा बोकेर उद्दार गर्न सफल भएका थिए । मंगलबार, मध्यान्ह १२ बजे, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यस क्रममा भरतपुर उपचारका लागि हिडेकी वृद्धा अलपत्र परेकी थिइन् । निरीक्षक प्रतीक सिंहले वृद्धालाई देखेपछि तत्काल उद्दारमा जुटे । उनि भन्छन्, “हिजोको त्यो अवस्थामा म केही नसोची उद्दारमा खटिएँ । किनभने हामी प्रहरीको काम भनेको विपतमा परेका मानिसको उद्दार गर्नु पनि हो ।”
निरीक्षक सिंहले वृद्धालाई आफ्नो काँधमा बोकेर पहिरो पार गरेपछि एम्बुलेन्समा राखेर भरतपुर पठाएका थिए । उनि भन्छन्, “दुईतर्फी सडक अवरुद्ध भएको अवस्थामा वृद्धाले मलाई छोरा भन्दै धन्यवाद दिनुभयो ।” यस कार्यले इलाका प्रहरी कार्यालय मुग्लिनको योगदानलाई बढाएको छ भने सबै राष्ट्रसेवकमा गौरव गर्ने विषय बनेको छ ।

सुक्खा पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड ४ घण्टापछि पहिरो हटाएपछि दुइतर्फी सञ्चालनमा आएको थियो । यद्यपि, माथिबाट ढुंगा छतमा खसेर हायस माइक्रो र एम्बुलेन्समा सामान्य क्षति पुगेको थियो । एउटा एम्बुलेन्सको सिसा चर्किए पनि मानविय क्षति भने भएको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>