Breaking News

जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दैछुः प्रचण्ड

Banner

चितवन, असार ३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्।

चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए।

उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो लाखौँ मान्छेसँग प्रत्यक्ष भेट भयो। बालबालिका, युवा, वृद्धवृद्धाहरु सबै माओवादी र प्रचण्डतिर केन्द्रित हुन थाल्यो, यो देखेर दलाल, नोकरशाहहरु, प्रतिक्रियावादी, अवसरवादीहरूलाई बेचैन भइरहेको छ।’

उनले माओवादी फेरि आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र भइरहेको सुनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>