Breaking News

टी-२० सिरिजः आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

Banner

काठमाडौं,असार २-

नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ। आजको खेलमा नेपाल र नेदल्यान्ड्स दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोलीको घोषणा गरेको छ। यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन्। नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार सोमबार साँझ ७ः४५ बजे सुरु हुनेछ।

कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउँदा नयाँ खेलाडीले अवसर पाएका हुन्। सोमपाल र गुल्सन अभ्यासकोक्रममा घाइते भएका हुन्। स्कटल्यान्डमा विश्वकप लिग–२ को सिरिजपछि टी–२० सिरिज हुन लागेको हो। विश्वकप लिग–२ मा नेपालले चार खेल खेल्दा तीन जित हात पारेको छ।

नेपाली टिम
कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>