Breaking News

अनेरास्ववियुको अध्यक्षमा ७ भोटले कडरिया बिजयी

Banner

काठमाडौं,जेठ ३०-

अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन मार्फत अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । ७३२ मत सहित उनी विजयी हुँदा प्रकाश पौडेलले ७२५ मत पाए । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । यस्तै अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती,रचना सापकोटा,गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>