मनोरञ्जन
दुर्गेशको स्पष्टिकरण ‘जापानका लागि पेस गरिएको राहादानी आफूले नै फिर्ता लिएको हुँ’

चितवन, जेठ २९–
कलाकार दुर्गेश थापाले विभिन्न मिडियामा जापान सरकारले आफुलाई भिसा नदिएको समाचार प्रति आपत्ति जनाएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले जापानमा हुन लागेको ‘नेपाल महोत्सव २०२५’मा केही मिडियाले भ्रमपूर्ण समाचार सार्वजनिक गरेको भन्दै खण्डन गरेका हुन् ।
गल्कोट समाज जापानले निमन्त्रणा गरेपनि कुवेतमा हुने कार्यक्रम पहिले नै तय भएकाले जापानका लागि पेश गरिएको राहादानी आफुले नै झिकेको बताएका छन् ।
‘गल्कोट समाज जापानले तपाईँलाई कार्यक्रममा लैजानु हाम्रो जिम्मेवारी हो भनेर आग्रह गरेपछि, म पनि उत्साहित थिएँ र हुन्छ भनेर सकारात्मक प्रतिक्रिया पनि दिएको थिएँ। ७ जुन २०२५ मा कुवेत मा हुने कार्यक्रमको लागि म पहिल्यै सम्झौता गरिसकेको थिएँ र त्यो मेरो प्राथमिकता बनिसकेको थियो । तर कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा मैले आफ्नो पासपोर्ट ३ दिनमै फिर्ता लिनु पर्यो र सम्झौताअनुसार कुवेत गएँ’, उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।
उनले नेपाल महोत्सव जापानसँग कुनै औपचारिक सम्झौता समेत नगरेको बताएका छन् । आफूले कार्यक्रम रद्द गरेको नभई आयोजकले तिन दिनमा भिषा लगाउछु भनेता पनि सो भन्दा धेरै दिन लाग्ने आयोजक लाई पहिलेनै जानकारी गराएको बताएका छन् । उनले भ्रामक समाचार र अफवाहमा नपर्न समेत दर्शक स्रोतालाई अनुरोध गरेका छन् । उनले आगामी दिनमा जापान जाने विश्वास समेत दिलाएका छन् ।