Breaking News

उनीहरूलाई बदलाको भावनाले पोलिरहेको छः माधव नेपाल

Banner

काठमाडौं, जेठ २४-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् ।

पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’

उनले अगाडी भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>