चितवन विशेष
नारायणगढ जेसीज र राइनो फिटनेस हबबीच छुट सम्झौता
०

चितवन, जेठ २३–
नारायणगढ जेसीज र राइनो फिटनेस हबबीच छुट सम्झौता गरिएको छ ।
नारायणगढ जेसीजका सदस्य, तिनका परिवार र जेसीजद्धारा सिफारिस व्यक्तिहरुमा राइनो फिटनेस हबमा सेवा लिनेलाई २० प्रतिशत छुट दिने सम्झौता भएको नारायणढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । २० प्रतिशत छुट पाउन नारायणगढ जेसीजको परिचय पत्र र सिफारिस पत्र अनिवार्य गरिएको श्रेष्ठले बताए ।
सम्झौता पत्रमा अध्यक्ष श्रेष्ठ र राइनो फिटनेस हबका प्रबन्ध निर्देशक रामप्रसाद गजुरेलले हस्ताक्षर गरेका छन् । भरतपुर–२ क्षेत्रपुरमा रहेको फिटनेस हबमा महिला र पुरुषका लागि अत्याधुनिक जिम उपकरण रहेका छन् । जहाँ दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिने गरिएको छ ।
पछिल्लो समय ब्यस्त जीवनमा ब्याम आवश्यक देखिन थालेपछि मानिसहरु फिटनेस सेन्टरमा जाने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























