Breaking News

सप्तकोसीमा बेपत्ता गोताखोरको खोजीमा चितवनबाट डीएसपीको कमान्डमा ५ गोताखोर परिचालन

Banner

चितवन,जेठ २३-

बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका दुईजना गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद उद्दार तालिम शिक्षालय कुरिनटार, चितवनबाट पाँचजना गोताखोर गएका छन्। उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दिउँसो सशस्त्र प्रहरीका दुईजना गोताखोर बेपत्ता भएका थिए।

उनीहरुको खोजी तथा उद्धारका लागि कुरिन्टारबाट अनुभवी प्रशिक्षक तथा डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनीहरु गएराति पौने ११ बजे कुरिनटारबाट गएका हुन्। उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउद बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र डिएसपी थापाका अनुसार बेपत्ता जवानहरुको उद्धारका लागि गएका डीएसपी भण्डारी २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका थिए। उनी नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन्। उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमै गएर भन्न सकिने बताएका छन्।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>