Breaking News

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे

Banner

काठमाडौं, जेठ २०-

प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो । तर, पनि ठोस सहमति हुन नसकेपछि बैठक नै स्थगन गरिएको हो ।

विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले जेठ १५ गते बजेट भने प्रस्तुत गर्न दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>