मनोरञ्जन

६ वर्षअघि युट्युबमा रिलिज भएको ‘भिजिट भिसा’मा गीत एकाएक चर्चामा, भ्यूज ४ करोड नाघ्यो

Banner

काठमाडौं, जेठ २०-

६ वर्षअघि युट्युबमा रिलिज भएको हरिवंश आचार्य अभिनित गीत ‘भिजिट भिसामा’ एकाएक चर्चामा आएको छ । फिल्म ‘दाल भात तरकारी’मा समावेश यो गीतमा हरिवंशसहित निरुता सिंह लगायतले अभिनय गरेका छन् ।

राजनीतिमा भिजिट भिसाको मामिला चर्किएपछि अहिले यो गीतमा टिकटक र रिल्स बनाउनेको संख्या पनि बढेको छ । धेरैले यो गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर भाइरल बनाइएको छ ।

जसले गर्दा, युट्युबमा यो गीतको भ्यूज पनि ह्वात्तै बढेको छ । यसैसाता मात्र यो गीतको भ्यूज ४ करोड ९ लाख नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>