चितवन विशेष
सेन्ट्रल कलेजले चितवन र नवलपुरका यी स्थानबाट दिँदैछ निःशुल्क बस सेवा (सूचिसहित)

चितवन,जेठ १९-
चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालीले चितवन र नवलपुरका बिद्यार्थीका लागि यस बर्षपनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर चितवन र नवलपुरमा निःशुल्क बस सेवासहितको नयाँ रुट सार्वजनिक गरेको हो ।
कलेजले विद्यार्थीका लागि पाँच वटा बस सञ्चालनमा ल्याएको छ । कलेजका सबै बसले नियमित रुपमा चितवन र नवलपुरका विभिन्न स्थानबाट नियमित सेवा दिने कलेजका प्रिन्सिपल यज्ञा विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँका अनुसार कलेजको बसले बिहान ५ः३० बजे पश्चिम चितवनको रामपुर, शारदानगर हेल्थपोष्ट, चनौली, मिलनचोक, ज्योतीनगर, गुन्जानगर, शारदानगर टाउन, विजनगर, शिवघाट हुँदै कलेजसम्म विद्यार्थीलाई ल्याउनेछ । यस्तै सोही समयमा पश्चिम चितवनकै शुक्रनगर, पार्वतिपुर, शिवनगर, फुलबारी र मंगलपुरका विद्यार्थीका लागि बस छुट्ने व्यवस्था गरिएको छ । पश्चिम चितवनकै जगतपुर पटिहानी, गितानगर, प्रेमबस्ती, कृष्णपुर रुटमा पनि बिहान ५ः३० बजदेखि बस चल्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।
यस्तै पूर्वी चितवनको गड्यौली, भण्डारा, पर्सा, टाँडीहुँदै कलेजसम्म बिहान ५ः३० बजेदेखि बस चल्नेछ भने नवलपुरको डण्डा, कावासोती, दलदले, रजहर, बेल्डिया,भेडाबारी, गैडाकोटहुँदै कलेजसम्म बिहान ५ः०० बजेदेखि बस सेवा उपलब्ध हुने कलेजले जनाएको छ ।
यस्तै दोस्रो चरणमा पश्चिम चितवनको मैघौली, जोतिनगर, सिमरी टाउन, भुवनबस्ती, गोब्रेनी, बिजयनगर, शिवघाट हुँदै कलेजसम्म बिहान ७ः३० बजेदेखि बस चल्नेछ । सोही समयमा शुक्रनगर, पार्वतिपुर, शिवनगर, फुलबारी र मंगलपुरका विद्यार्थीका लागि बस सेवा उपलब्ध रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । पटिहानी टाउन, हिमालयन डण्डपानी मावि रोडहुँदै देवनगर, पारसनगर, पाडेँ घुम्ती, सरदपुर मावि गैरिगंजहुँदै केन्द्रीय बसपार्कबाट कलेजसम्म बिहान ७ः३० बजेको समयमा बस चल्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।
यस्तै बिहान ७ः३० बजेकै समयमा पदमपुर गडुवा चोकहुँदै कालिका नगरपालिका चोक, खोलेसिमल, माधवपुर, पिठुवा, जुटपानी, क्लबचोक , भिमोदय मावि रोडहुँदै कलेजसम्म बस चल्नेछ भने सोही समयमा गैडाकोट क्षेत्रका विद्यार्थीका लागि बसले गैडाकोट नगर परिक्रममा गर्नेछ । यो सुविधा सेन्ट्रल कलेजबाट उच्च शिक्षाका लागि विभिन्न देशमा अध्ययन गर्न जानका लागि भिसा प्रोसेसिङ गर्नेका लागि मात्र लागू हुने कलेजले जनाएको छ । भाषा मात्रै पढ्ने र सेन्ट्रल कलेजबाट प्रोसेसिङ नगर्नेका लागि बसको न्युनतम शुल्क २५ सय र भाषा अध्ययन शुल्क न्युनतम ५ हजार तिरेर सेवा लिन सक्ने कलेजले जनाएको छ । विद्यार्थी र अभिभावकको माग आएर अन्य रुट र समयमा पनि बस सेवा दिन सकिने प्रिन्सिपल पौडेलको भनाई छ ।
सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए, युरोप, दक्षिण कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइ र जापनिज,कोरियन भाषा कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । ‘बस सेवा सञ्चालन पश्चात टाढा टाढाबाट अध्यननका लागि आउने विद्यार्थीलाई सहजता भइरहेको छ, प्रिन्सिपल पौडेलले भन्नुभयो’, घण्टौसम्म सार्वजनिक गाडी कुरिरहुनपर्ने झन्झट हटेको छ ।’ उहाँले कलेजको आफ्नै बसबाट आवतजावत गर्दा समयको बचत हुने भएकाले विद्यार्थीको अध्ययन अध्यापनमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । कलेजले भरतपुर ओरालोमा रहेको आफ्नै भवन बाट सेवा दिइरहेको छ । कलेजले शैक्षिक परामर्शदाताको क्षेत्रमा नेपालमा नै पहिलोपटक बस सेवा संचालन गरेर नमूना शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित भएको छ ।
कलेजले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विएचएम र विआइएमका कक्षाहरु संचालन गरिरहेको छ । निकट भबिष्यमा कलेजले सिटिइभिटिइका कार्यक्रम र वर्किङ भिजामा विभिन्न देशमा जान चाहाने विद्यार्थीका लागि पनि सेवा दिने तयारी गरिरहेको छ ।






















