चितवन विशेष
७६९ किलोमिटर यात्रासहित सकियो हिमालयन राइडर्सको रूकुम यात्रा

भरतपुर,जेठ १९-
हिमालयन राइडर्सले भरतपुरदेखि रुकुमसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही जेठ १४ देखि १७ गतेसम्म ७ सय ६९ किलोमिटर मोटर साइकल यात्रा गरेको हो । सेन्ट्रल कलेजको परिसर भरतपुर ओरालोबाट सुरु भएको यात्रा मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गल्कोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकन पश्चात् कालीगण्डकी करिडोर, गैँडाकोट हुँदै नारायणी नदि किनारमा आएर सम्पन्न भएको हो ।
सहभागी २४ यात्रीले विभिन्न स्थानको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा वस्तुस्थितिबारे जानकारी लिएका छन् । नयाँ ठाउँको अवलोकन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए । यात्राले सहभागीलाई आफ्नो देशको भौगोलिक अवस्थाबारे जानकारी गराउनुका साथै व्यवसायमा ऊर्जा थपिएको र यो यात्रा सोँचेभन्दा राम्रोसंग सम्पन्न भएको सह–संयोजक मोहन केसीले जानकारी दिए ।
‘यात्रा अवधीभर सहभागीले नयाँ कुराको ज्ञान हासिल गर्नुभएको छ’ उनले भने,–’नयाँ गन्तव्यमा यात्रा गर्दै त्यहाँको बारेमा जानकारी लिन पाउँदा सहभागीहरु सन्तुष्ट हुनुहुन्छ, यस्ता कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाउँदै जानेछौँ’ । संयोजक श्रेष्ठले यात्रा सफल बनाउन विभिन्न स्थानबाट सहजीकरण गर्ने व्यक्ति, संघ संस्था, जनप्रतिनिधि, अटोमोबाइल व्यवसायी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
रूकुम लगायत नेपालका हिमाली क्षेत्रले पर्यटनका लागि अथाह सम्भावना बोकेकाले ती क्षेत्रहरूको प्रचार–प्रसार जरूरी रहेको बताए । सेन्ट्रल कलेजले मुख्य प्रायोजनमा भएको यात्राको प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल लगायतले सुभारम्भ गरेका थिए ।























