चितवन विशेष

देशका ९ पालिकासँग भरतपुर महानगरको भगिनी सम्बन्ध

Banner

काठमाडौं,जेठ १९-

चितवनको भरतपुर महानगरपालिकाले देशका ९ वटा स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेको छ । पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको परिवर्तनले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिकाको संख्या वृद्धि हुँदै गएको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मितेरी सम्बन्धका लागि प्रस्ताव आएको उल्लेख गरिन् । प्रस्तावहरू क्रमशः कार्यपालिकाबाट पारित गरी भगिनी सम्बन्ध कायम गर्ने कार्यलाई अगाडि बढाइएको उनले जानकारी दिइन् ।

भगिनी सम्बन्ध कायम भएसँगै दुई पालिकाले गरेका असल अभ्यासको आदानप्रदानले थप रचनात्मक कार्य गर्न सहयोग पुग्ने उनको भनाइ छ । भरतपुर महानगरले पोखरा महानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, धुरकोट गाँउपालिका, रुरुक्षेत्र गाउँपालिका, राप्ती गाउँपालिका, पचाल झरना गाउँपालिका, माडी नगरपालिका, मुड्केचुला गाउँपालिका र ताराखोला गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।

पछिल्लो समय भगिनी सम्बन्धको प्रस्तावसँगै विभिन्न पालिकाबाट अनुभव आदानप्रदान गर्न मासिक एक दर्जन पालिका भरतपुर आउने गरेका छन् । महानगरपालिकाले विगत ८ वर्षको अवधिमा एक हजार किमी सडक कालोपत्रे गरिसकेको छ । यस्तै, प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा देशभरका महानगरमध्ये लगातार ३ वर्ष प्रथम भएको छ । भरतपुर महानगरपालिका बेरुजू फर्छ्योटमा अब्बल पालिकाको रुपमा स्थापित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>