खेलकुद

विश्व च्याम्पियनसिपमा एरिका गुरुङले जितिन् ऐतिहासिक कास्य पदक

Banner

काठमाडौँ, जेठ १९–

विश्व च्याम्पियन्स कराते प्रिमियर लिगमा नेपालकी एरिका गुरुङले ऐतिहासिक कास्य पदक जितेकी छन् ।

मोरोक्कोमा सम्पन्न करोत प्रिमियर लिगमा हिमालयन वारियरको उपनाम पाएकी एरिकाले गौरवपूर्ण कास्य पदक जित्दै इतिहास रचिन् ।

विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा एरिकाले करातेको महाशक्ति राष्ट्र फ्रान्सविरुद्ध शानदार खेल प्रदर्शन गर्दै ६–२ अंकको नतिजा निकाल्दै जित हात पारिन् । नेपालको लागि यो केवल एक पदक मात्र नभई यो हिमालको साहस, नारी शक्ति र राष्ट्रिय गौरवको प्रतीक रहेको कराते महासंघले जनाएको छ ।

महासंघले भनेको छ–‘नेपाललाई गर्व छ–एरिका, तिमीले संसारलाई देखायौ, हामी पनि सक्छौं !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>