चितवन विशेष

‘एक्सपर्ट टिकटक स्टार’ले ५० हजार पुरस्कार पाउने

Banner

चितवन, जेठ १९–

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस प्रा.लि.चितवनले ‘एक्सपर्ट टिकटक स्टार’ प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा सहभागिता जनाउन ‘एक्सपर्ट एजुकेसन चितवनबाट वैदेशिक अध्ययन’ विषयमा बढीमा ९० सेकेन्डसम्मको टिकटक भिडियो बनाउनुपर्ने छ । टिकटक भिडियो स्वंम आफ्नो एकाउन्टमा अपलोड गरी @𝐞𝐱𝐩𝐞𝐫𝐭𝐜𝐡𝐢𝐭𝐰𝐚𝐧 लाई ट्याग गरी #𝐄𝐱𝐩𝐞𝐫𝐭𝐓𝐢𝐤𝐓𝐨𝐤𝐒𝐭𝐚𝐫 र #𝐄𝐱𝐩𝐞𝐫𝐭𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧 ह्यासट्याग गर्नुपर्नेछ ।

जसमा धेरै 𝗩𝗶𝗲𝘄𝘀, 𝗟𝗶𝗸𝗲𝘀 𝗮𝗻𝗱 𝗦𝗵𝗮𝗿𝗲𝘀 प्राप्त गर्ने उत्कृष्ट प्रतियोगीले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउने एक्सपर्ट चितवनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सहभागिता जनाउन असार १५ गतेभित्रमा टिकटक भिडियो पोष्ट गर्नुपर्नेछ । उत्कृष्टताको आधारमा साउन १५ गते विजेता घोषणा गरिनेछ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २५ भन्दा बढी देशमा ८८ भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>