चितवन विशेष

सुनचाँदी व्यवसायीले भेटे नवनियुक्त गभर्नर

Banner

चितवन, जेठ १८–

सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसंग भेट गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरेको छ । टोलीमा महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर वज्राचार्य, तृतीय उपाध्यक्ष रूपदल विश्वकर्मा (राजु धमला),महासचिव किरणभाई वज्रचार्य, महासंघका, कोषाध्यक्ष सुदिप श्रेष्ठ, महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो ।

बजेटमा सुन व्यवसायीलाई लगाईएको दुई प्रतिशत बिलासिता करको विषयमा कुराकानी भएको र छलफल सकारात्मक चितवनको प्रतिनिधित्व गरेका जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले जानकारी दिए ।

सो टोलीमा चितवनबाट सल्लाहकार शम्सेर घामल्लेको पनि सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>