Breaking News

एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसकेः ओली

Banner

काठमाडौं, जेठ १७-

प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टी दुई तिहाइमा पुर्‍याएपछि आन्दोलनभित्रबाटै हमला सुरु गरेको आरोप लगाएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नेकपा र एमालेभित्रको आन्तरिक किचलोलाई सम्झिँदै एमालेलाई धुलो बनाउने उद्देश्य असफल बनाएको दाबी गरे ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘पार्टी नफुटाउञ्जेल पार्टीको भलाइका लागि उपद्रो मच्चाएका हौँ भने, एमालेको भलाइको लागि वितण्डा खडा गरेको भने, पार्टी फुटाएका थिए, एमालेलाई धुलो बनाउने, एमालेको अस्तित्व देशबाट मेटाउने हो भनेर घोषणा गरे । उनीहरूले खुलस्त नारा दिए । केपी ओलीविनाको एमाले बनाउन खोजे ।’

अध्यक्ष ओलीले नेकपाकालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको स्मरण गरे । देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर प्रतिक्रियावादीहरूले एमालेविनाको देश कल्पना गरेको भए पनि त्यो षड्यन्त्रलाई असफल बनाएको बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>