चितवन विशेष

क्यान्सरका विरामी भरतपुरको गेष्टहाउसमा मृत भेटिए

Banner

भरतपुर,जेठ १४-

चितवनको भरतपुरस्थित बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका एक बिरामी मृत भेटिएका छन । आज (बिहिबार) दिउसो ३ः०० बजे अस्पताल अगाडि रहेको मालामदन गेष्ट हाउसमा बर्दियाका मिलन चौधरी मृत भेटिएका हुन् । क्यान्सर अस्पतालमा उपचार गर्न आएका उनी सो गेष्ट हाउसमा केही दिनदेखि बस्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरी केही दिनदेखि आफु सुत्दै आएको कोठमानै मृत फेला परेका हुन । उनी क्यान्सरका बिरामी थिए । मृतक चौधरीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>