Breaking News

राष्ट्रिय युवा संघमा क्षितिज थेवे विजयी

Banner

काठमाडौं, जेठ १३-

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् ।

थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । पुरी आठौं महाधिवेशनबाट संघको उपाध्यक्ष बनेका थिए भने नवौं महाधिवेशनबाट महासचिव बनेका थिए। अहिले अध्यक्ष पदमा उम्मेदवार बनेका पुरीले १८८ मतले पराजय ब्यहोर्नु परेको हो।  युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार पदाधिकारीसहित केन्द्रीय समितिका अधिकांश पदमा पनि थेबे प्यालन निर्वाचित भएका छन्।

अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार बनेका थिए।

अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार उठेका थिए । मंगलबार भएको निर्वाचनमा देशभरबाट पोखरा आएका १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>