Breaking News

ओलीले प्रचण्डमाथि कटाक्ष गर्दै भनेः भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था छ

Banner

काठमाडौं, जेठ ११-

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका लुटेरा र ठगहरूले नै एमालेविरुद्ध औंला ठड्याउने गरेको आरोप लगाएका छन्।

आइतबार आयोजित एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले सहकारीमा एमालेले भ्रष्टाचार गरेजस्तो भ्रम फैलाउने प्रयास भइरहेको बताए। उनले भने, ‘हाम्रो पार्टीले पो सहकारीमा भ्रष्टाचार गरेजस्तो गरी हामीविरुद्ध औंला ठड्याएर सहकारी, सहकारी भन्दै हल्ला मच्चाइएको छ।’

प्रधानमन्त्री ओलीले सहकारी लुटेराहरू र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गरिरहेको दाबी गरे। उनले कटाक्ष गर्दै भने, ‘उनीहरू उल्टै सहकारी पीडितलाई न्याय दिन्छौं भनेर वेसरम कुरा गर्छन्। नारा लगाउने, आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु- कति निर्लज्ज !’

साथै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि कटाक्ष गरे। ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक गर्छन्, ओलीले भने, ‘भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था छ अहिले।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>