Breaking News

हनी ट्रयापमा पारेर काठमाडौंमा घर र ४ आना जग्गाको बार्गेनिङ, २ महिला पक्राउ

Banner

काठमाडौं, जेठ ८-

‘हनी ट्रयाप’मा पारेर पुरुषलाई हैरानी दिएको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-१० दमौरा घर भई हाल काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका-१७ सल्लाघारी घर भई हाल काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।

उनीहरूले आपराधिक लाभ लिने उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान तथा सम्बन्ध बढाई ठमेलस्थित एक होटलमा बोलाएर ‘हनी ट्रयाप’मा पारेको प्रहरीले जनाएको छ ।उनीहरूल होटलमा खाजा तथा मादक पदार्थ सेवन गरीरगराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो र भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाएर हैरानी दिएका थिए ।

प्रहरीका अनुसार उनीहरूले काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाईदिन्छु लगायत विभिन्न किसिमका डर, धाक धम्की दिई पीडितसँग रकम माग गरेका थिए । पीडितलाई तत्काल पाँच लाख रूपैयाँको चेक काट्न बाध्य पारी लिई गएको भन्ने सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ममता र आँचललाई बुधबार साँझ साढे ५ बजेतिर काठमाडौं महानगरपालिका ११ हनुमानस्थानबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>