चितवन विशेष
नारायणी किनारमा खुट्टा धुने क्रममा चिप्लिएर एक युवक बेपत्ता
०

भरतपुर,जेठ ६-
नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर वेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपालको गोताखोर परिचालन भएको छ । चितवनको भरतपुर महानगरपालिका १ स्थित नारायणी नदीमा दोलखा चरिकोट घर भई पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१४ सिजी कम्पनीमा काम गर्दै आएका २७ बर्षिय सचिन कार्की मंगलबार वेपत्ता भएका हुन् ।
सो लगत्तै उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ । मंगलबार साँझसम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । नारायणगढमा खाजा खाएर किनारमा गएका दुईजना मध्ये कार्की नदीमा बेपत्ता भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















