चितवन विशेष

चितवनमा अखेटोपहार सहित दुई युवा पक्राउ

Banner

चितवन, जेठ ५–

चितवन राष्ट्रिय निकुञ्जले गैंडाको खाग जस्तो देखिने अखेटोपहार सहित दुई युवालाई पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु एक सिङ्गे गैंडाको खाग जस्तो देखिने आखेटोपहार ओसारपसार भईरहेको हुनसक्ने विशेष सूचनाको आधारमा खटिएको निकुञ्जका कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले दुई युवालाई पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

उनीहरूलाई भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बिसहजारी रोड क्षेत्रबाट आखेटोपहार सहित नियन्त्रणमा लिई र नियमानुसार अनुसन्धान कार्य प्रारम्भ भएको मगरले जानकारी दिए । थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिहरुको नाम खुलाईएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>