Breaking News

रवीन्द्र मिश्र थुनामुक्त

Banner

काठमाडौं, जेठ २-

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस गरेर मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।
थुनुवा पोशाकमा सर्वोच्च अदालत लगिएका मिश्र निस्किँदाखेरि निलो टी(सर्टमा थिए । अनुहारमा सेता दाह्री झ्याप्प पलाएको थियो । उनले पत्रकारसँग थोरै आफ्नो भनाइ राखे । आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रको प्रतिक्रिया छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>