Breaking News
०८४ को चुनावअघि वामपन्थी एकता हुँदैनः प्रचण्ड
०

काठमाडौं, जेठ २-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनावसम्म वामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।
प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै उनले भने, हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो त्यसैले अहिले र ०८४ को चुनावसम्म त्यो सम्भावना छैन।