Breaking News
कांग्रेस सांसद मोहनबहादुर बस्नेत पदबाट निलम्वित
०

काठमाडौँ, जेठ १-
प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहनुभएका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन हुनुभएको हो ।
टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन खर्ब ५१ करोड बिगो माग दाबी गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























