मनोरञ्जन

विपना थापाका श्रीमानले फेसबुक ह्याक भएको भन्दै मागे माफी

Banner

काठमाडौं, वैशाख ३०-

अभिनेत्री विपना थापाका भारतीय श्रीमान् आशुतोष भारद्वाजले आफ्नो फेसबुक पोस्टहरूप्रति माफी मागेका छन् ।

केही दिनअघि उनको फेसबुकबाट पत्नी विपना थापाविरुद्ध घृणित शब्दसहितको स्टाटस पोस्ट भएको थियो ।

आशुतोषले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको दाबी समेत गरेका छन् । उनले हिजो लेखेका छन्( ‘मेरी आइडी अभि भी हैक हे ।’

आज अर्को पोस्टमा उनले क्षमा याचना गरेका छन् । ‘मेरी आइडी पर आई पोस्ट के लिए सभी से क्षमा माँगता हुँ,’ आशुतोषले भनेका छन् ।

श्रीमानको फेसबुकमा आफूविरुद्ध पोस्ट आएपछि विपना थापा नयाँ दिल्ली हान्निएकी थिइन् । जानुअघि उनले फेसबुक लाइभमा आएर श्रीमानलाई डिप्रेसन भएको र उनी खराब मान्छे नभएको बताएकी थिइन् ।

निकट स्रोतका अनुसार विपना दिल्ली गएपश्चात् श्रीमान्-श्रीमतीबीच तात्कालिक समझदारी कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>