चितवन विशेष
विश्व पौडेलले दिए गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा
०

चितवन,बैशाख २८-
विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेका छन् । नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।