चितवन विशेष
हरि ढकालको चुनौतीः कुल देवता सम्झिएर मतदान गर्दा सरकारले दुई तिहाइ ल्याएर देखाओस्
०

चितवन,बैशाख १५-
रास्वपा सांसद हरि ढकालले सरकारलाई नीति तथा कार्यक्रम पक्ष र विपक्षमा मतदान गराएर दुई तिहाइ ल्याएर देखाउन चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नीति तथा कार्यक्रम निरश रहेको बताए। उनले भने, ‘कसैको विश्वास छैन, छातीमा हात राखेर आफ्नो इष्ट देवतालाई सम्झिएर, आफूले खाएको शपथ सम्झिएर पक्ष र विपक्षमा मतदान गरौँ, कुल देवतालाई सम्झिएर दुई तिहाइ कहाँ आउँदो रहेछ।’
उनले नीति तथा कार्यक्रममा नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए पनि हुन्थ्यो भन्दै कटाक्ष गरे। राष्ट्र बैंकको गभर्नर कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराएको विषय लेख्न पनि सुझाए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























