मनोरञ्जन

‘भ्वाइस किड्स’ को कोचमा प्रमोद खरेल रहने

Banner

काठमाडौं, वैशाख २५-

‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा गायक प्रमोद खरेल रहने भएका छन् । सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए प्रमोद छैटौं सिजनमा उनी देखिएनन् । तर, उनी ‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा रहने भएका हुन् ।

मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । शो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएको निर्देशक पौड्यालले बताए । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>