Breaking News
मिडियाप्रति प्रधानमन्त्रीको असन्तुष्टि: राष्ट्रपतिले उद्घाटन गरे लेख्छन्, यो नेपाली भाषा होइन

काठमाडौं, वैशाख २४-
प्रधानमन्त्री केपी ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्।
गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने रु भन्ने मिडियाले भाषाको कद घटाएको बताए।
१०४ वर्षको उथलपुथल, राजा र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोरखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा जोड दिए।
अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ। नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो। खाँदैनथे ज्यूनार हुन्थ्यो। बस्दैथे, आराम गर्थे। सुन्दैनथे श्रमण हुन्थ्यो। फाइल तस्बिर























