अन्तर्राष्ट्रिय

भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते

Banner

नयाँ दिल्ली, वैशाख २२-

इन्डियन आइडल सिजन–१२ का विजेता तथा गायक पवनदीप राजन सोमबार कार दुर्घटनामा परेका छन् । सोमबार बिहान ३ः४० बजे अमरोहामा भएको सो दुघर्टनामा उनलाई गम्भीर चोट लागेको बताइएको छ ।

सामाजिक सञ्जालमा गायकको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । डाक्टरहरूले उनको उपचार गरिरहेको भनिएको छ । पवनदीप राजन परेको दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ । तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ । यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>