Breaking News

प्रिन्टिङ मेसिन खरिदमा विकल पौडेलसहित दोषी ठहर, करिब ४१ करोडको भ्रष्टाचार

Banner

काठमाडौं,बैशाख २१-

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले प्रिन्टिङ मेसिन खरिद गमा भ्रष्टाचारी ठहर भएको छ । उनीसहित तीन जनालाई विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतबारको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । यो प्रकरणमा म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेन दोषी ठहर भएका छन् । उनीहरूमाथि विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबीबमोजिम प्रतिवादीहरूबाट ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।

विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसलामा उल्लेख छ ।अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>