चितवन विशेष

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा नारायणी माविका सहायक प्रअ पक्राउ

Banner

भरतपुर,बैशाख २१-

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याकले आफ्नै विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन । विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै परेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

‘छात्रालाई अस्लिल कुरा पठाएको  र अभद्र व्यवहार गरेको भन्ने आरोपमा उजुरी परेको छ,खनालले भने,मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।’ शुक्रबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको उनले बताए । सापकोटाले छात्रालाई  फेसबुकमार्फत अस्लिल कुराहरु समेत पठाएको आरोप लगाइएको छ । विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले पनि सहायक प्रधानाध्यापक सापकोटा पक्राउ परेको पुष्टि गरे । उनले भने,‘विद्यार्थी अभिभावकको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ,प्रहरीको अनुसन्धानबाट थप कुरा प्रष्ट होला ।’

फाइल तस्बिर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>