भिडियो
समीर भट्टको जन्म दिन पारेर ‘बलिदान’को एक्सन प्रधान टिजर सार्वजनिक

काठमाडौं, वैशाख १७-
अभिनेता समीर भट्टको जन्म दिनको अवसर पारेर चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ । यस वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर अभिनेता भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।
प्रि(टिजरमा अभिनेता समीरका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ । भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन् र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि-टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।
चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ । आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।