मनोरञ्जन

फिल्म ‘आहुतिबाट’ गायक प्रकाश दुतराजले डेब्यु गर्दे

Banner

काठमाडौं, वैशाख १६-

लोक गायक प्रकाश दुतराजले फिल्म अभिनयमा डेब्यु गरेका छन्।

संगीतमा लागेको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाएका उनले ‘आहुति’बाट फिल्ममा डेब्यु गरेका हुन्। यो फिल्मको यतिबेला पूर्वको पाँचथरमा छायाँकन भइरहेको छ।

फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन्। यसमा ‘होस्टेल ३’ बाट डेब्यु गरेका रिहान गिरीको पनि शीर्ष भूमिका रहनेछ।

फिल्ममा प्रकाश दुतराजको गीत समेत रहनेछ। कथा अनुसारको गीत उनले तयार गर्नेछन्।

प्रकाशका सिर्जनाको कुरा गर्दा, ‘घर कता हो बैनीको, जाम भो माइली, रिमै, रेशमु जस्ता गीत करोड क्लबमा छन्।

उनी आफ्ना प्रायः गीत आफै लेख्ने र संगीत भर्ने पर्छन्। भिडिओमा अभिनय समेत आफै गर्दै आएका छन्। केही दिनअघि उनले ल्याएको गीत ‘राम साइँली’पनि यतिबेला चर्चामा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>